स्मार्ट ट्वाइलेटः सार्वजनिक शौचालयबाटै पिसाब परीक्षण

न्भेष्टाेपेपर । असार २८, २०८०

काठमाडौं । पछिल्लो समय चीनमा विश्वभर कतै पनि नदेखिने, अनौठा विकास भएका छन् । प्राविधिक होस् वा पूर्वाधार विकास, चीनले विश्वको अग्रणी स्थानमा छ । अहिले भने चीनका पेचङसमेत केही सहरका सार्वजनिक शौचालयमा जडान गरिएका मुत्र परीक्षण गर्ने शौचालयको चर्चा चुलिएको छ ।

शुल्क लिएर प्रयोग गर्न मिल्ने यस्ता शौचालयहरू सपिङ मल वा मानिसहरू घुम्न आउने अन्य स्थानहरूमा राखिएका छन् । यी शौचालयमा पिसाब फेरेकै बेलामा मुत्र परीक्षण गर्न मिल्छ । यस्ता हाई–टेक युरिनलमा डिजिटल डिस्प्ले पनि जडान गरिएको छ । यसभित्र जडित सेन्सरको माध्यमबाट क्याल्शियम, ग्लुकोज, प्रोटिन, किटोन बडी, एस्कार्बेट आदि जाँच्न सकिन्छ ।

यसरी जाँच्दा आउने पिसाब परीक्षणको नतिजा कत्तिको शुद्ध हुन्छ भन्ने विवादित विषय हो । यसमा बिल्ट–इन भुक्तानीको विकल्प छ । भुक्तानी क्यूआर कोडमार्फत गर्न सकिन्छ । कोड स्क्यान गरेर पैसा तिरेको करीब २ मिनेटमा परीक्षण पूरा हुन्छ । समाचारहरूका अनुसार यसमा मुत्र परीक्षण गर्दा २ डलर ८० सेन्ट तिर्नु पर्छ । एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *