विश्वका १० देश जहाँका नागरिकले तिर्नु पर्दैन कुनै कर

Investopaper, असाैज ११, २०७६

हाम्राे देशमा करकाे किचकिच बर्षैभरि सुनिरहिन्छ । अझ संघिय शासन प्रणाली लागुभएपछि तीन तहकाे बिचमै करकाे कहर अरू जटिल बनेकाे छ । जनताहरू करकाे दायरा मात्र नभै कर बृद्धीकाे चपेटामा परेकाे समाचार र गुनासाे यत्रतत्र छ ।

स्थानिय निकायहरूले निर्धारण गरेकाे करकाे प्रकार र दरमा एकरूपता नभएकाले पनि असन्तुष्टि बढेकाे महसुस गर्न सकिन्छ । अझ सरकारले पैत्रिक सम्पत्ती हस्तान्तरणमा कर लगाउने चर्चा परिचर्चाले देशै तरंगित बनिरहेकाे छ ।

राज्यलाई कर तिर्नु कुनैपनि देशका नागरिकका लागि दायित्व भन्ने बुझिन्छ । तर दुनियाँमा यस्तोपनि देश छ जहाँका नागरिकहरुले राज्यलाई कुनैपनि प्रकारको कर तिर्नु पर्दैन । जहाँका नागरिकहरुलाई जति कमाएपनि छुट छ । त्यसमा राज्यले कुनैपनि प्रकारको अंकुश लगाउँदैन ।

नागरिककाे आयश्राेतमा कुनै पनि कर नलिइएता पनि त्यस देशकाे बासिन्दा बन्नकाे लागि प्रशस्त आयश्राेत हुनुपर्ने तथा ठूलै रकम लगानी चाहि गर्नु पर्ने हुन सक्छ । हामीले यहाँ त्यस्तै १० देशहरुकाे बारेमा जानकारी गराउँदै छाै ।

१. बरमूडा

बरमूडा भौगोलिक हिसावले सानो देश हो । त्यहाँका नागरिकहरुले राज्यलाई कुनैपनि प्रकारको कर बुझाउनु पर्दैन ।

२. ब्रुनाई

ब्रुनाईमा पनि नागरिकहरुले कुनै पनि प्रकारको कर राज्यलाई बुझाउनु पर्दैन । त्यहाँ रोजगारमा संलग्न कामदारहरुको लागि एउटा छुट्टै ट्रस्टको स्थापना गरिएको छ र उनीहरुले त्यहीँ कमाइको निश्चित रकम बुझाछन् ।

३. संयुक्त अरब इमिरेट्स

संयुक्त अरब इमिरेट्स एक त्यस्तो देश हो जहाँका जति पनि धनी नागरिकले राज्यलाई कुनै पनि प्रकारको ट्याक्स बुझाउनु पर्दैन । संयुक्त अरब इमिरेट्स तेलमा आत्मनिर्भर भएका कारण पछिल्लो केही दशकमै धनी राष्ट्रका रुपमा आफूलाई स्थापित गर्न सफल भएको देश हो ।

४. साउदी अरब 
साउदी अरबमा पनि नागरिकलाई कुनै पनि प्रकारको कर दिनु पर्ने व्यवस्था छैन । तर, त्यहाँ गएर व्यवसाय गर्ने प्रवासी व्यवसायीहरुले २० प्रतिशत ट्याक्स बुझाउनु पर्छ ।

५. बहमास

बहमासमा पनि कुनै पनि नागरिकले ट्याक्स बुझाउनु पर्दैन । देशकाे राजश्व पर्यटन व्यवसाय र बैदेशिक कम्पनीहरूबमट प्राप्त आयश्राेत चलेकाे छ, तसर्थ यहाँका बासिन्दाहरूले कुनैपनि आयकर तिर्नु पर्दैन । याे देशमा स्थायी बसाेवास गर्न चाहाने अाप्रबासिहरूले भने सरकारलाइ एकमुष्ट ठूलै रकम बुझाउनुपर्ने नियम छ ।

६.कतार 

तेलको अथाह भण्डार भएको देश कतारमा धेरै मानिसहरु अत्याधिक धनी छन् र पनि उनीहरुले कुनै पनि प्रकारको ट्याक्स राज्यलाई बुझाउनु पर्दैन । राेजगारीबाट कमाएकाे पैसामा कुनैपनि ट्याक्स लाग्दैन तर स्थानिय श्राेतकाे उपयाेग गर्नेगरि गरेकाे व्यबसायमा भने १० प्रतिशतसम्म कर लाग्दछ ।

७. ओमान 

ओमान पनि तेलमा आत्मनिर्भर देश हो । त्यहाँ पनि राज्यले नागरिकसँग कुनैपनि प्रकारको ट्याकस लिने गरेको छैन ।

८. कुवेत 

कुवेतमा पनि सबै प्रकारको ट्याक्स सिस्टमबाट नागरिकहरु मुक्त छन् । तेलबाट आउने आम्दानी नै देश चलाउन प्रयाप्त छ ।

९.क्यामन आइसल्याण्ड

यो देशमा पनि नागरिकहरु ट्याक्सबाट मुक्त छन् । तर याे देशमा बस्नकाे लागि शुरूमा ५ लाख डलरकाे हाराहारीमा लगानी गर्न जरूरी छ । बार्षिक आम्दानी पनि राम्राे हुनुपर्छ । बासिन्दा बनिसकेपछि कुनै आयकर सरकारलाइ बुझाउनु पर्दैन ।

१०. बहराइनः

बहराइनमा पनि राज्यले ट्याक्स लिदैन । तर, कर्मचारीहरुबाट भने उनीहरु इन्स्योरेन्सकालागि केही रकम राज्यले लिने गर्छ ।

— एजेन्सी/बिभिन्न पत्रपत्रिका

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *