नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका २४ करोड थान नयाँ नोट छाप्दै

मंसिर १२, २०७६

काठमाडौं– नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरको ४ अर्ब ८० करोड रुपैयाँ बराबरको २४ करोड थान नयाँ नोट छाप्ने भएको छ ।

नेपाल राष्ट्र बैंककाे मुद्रा व्यवस्थापन विभागले २० रुपैयाँ दरका २४ करोड थान नोट छाप्न बोलपत्र आह्वान गरेको हो । टेण्डर फारम किन्नकाे लागि २० हजार लाग्ने छ भने फारम बुझाउने अन्तिम मिति १० डिसेम्बर २०१९ ताेकिएकाे छ ।

हालसम्म नेपालमा सुरक्षित मुद्रण नभएका कारण अन्तर्राष्ट्रिय कम्पनीहरुले मात्र बोलपत्रमा सहभागी हुन पाउनेछन् । यसअघि चीन, वेलायत लगायतमा रहेका कम्पनीहरुले नेपाली नोट छाप्ने गरेका थिए । सन् २०१६ मा केन्द्रीय बैंकले २० रुपैयाँ दरका २१ करोड थान नोट छापेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *