सुनचाँदीको मूल्य ह्वात्तै घट्यो

इन्भेष्टाेपेपर ।  साउन ८, २०८३

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु पाँच हजार ८०० र चाँदी रु १५५ ले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८५ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ३५० निर्धारण भएको छ । हिजो एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार ३०० र त्यति नै परिमाणको सेतो धातु रु चार हजार ५०५ मा कारोबार भएको थियो ।  

गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ४८० निर्धारण भएको थियो । गत मङ्गलबार प्रतितोला छापावाल सुनको मूल्य रु दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ३७० मा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *