सुनको मूल्य घटनेक्रम जारी : आज चार हजारले घट्यो

न्भेष्टाेपेपर । कात्तिक २२, २०८१

काठमाडौँ ।  एकदमै अक्कासिएकाे सुनको मूल्य घटनेक्रम जारी रहेकाे छ । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार हजारले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार पाँच सय रुपियाँ निर्धारण गरेको छ । बुधबार प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपियाँमा कारोबार भएको थियो ।

यसै गरी, आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपियाँले घटेको छ । बुधबार प्रतितोला २०१५ रुपियाँमा कारोबार भएको चाँदी आज १९६० रुपियाँ कायम गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी मूल्यमा आएको उच्च गिरावटले नेपालमा प्रभाव देखिएको हो । अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा दैनिक सुनचाँदीको मूल्य समायोजन हुँदै आएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *