नागढुङ्गा–नौविसे सुरुङको ‘रेस्क्यू टनेल’ सोमबार ‘ब्रेक थ्रु’ हुने

न्भेष्टाेपेपर । साउन २१, २०८०

काठमाडौँ ।  नागढुङ्गा–नौविसे सुरुङमार्गको ‘रेस्क्यू सुरुङ (उद्धार सुरुङ) को सोमबार  ‘ब्रेक थ्रू’ हुने भएको छ ।     

विसं २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । ‘रेस्क्यू टनेल’ को सोमबार खनिसकिने भएको छ । आज दिउँसोसम्म एक मिटरमात्र काम बाँकी रहेको थियो । सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रू’ हुने सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा. विजय जैसीले बताउनुभयो ।     

साढे दुई किलोमिटर लम्बाइ रहेको नागढुङ्गा–नौविसे सुरुङ मार्गको ‘रेस्क्यू टनेल’ सँगै मुख्य सुरुङको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । दुई दशमलव छ किमी लम्बाइ रहेको मुख्य सुरुङको पाँच सय छ मिटर बाँकी रहेको आयोजनाले जनाएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *