कृषि विकास बैंकका वरिष्ठ कार्यकारीहरुलाई आर्ट अफ लिभिङ्ग सम्बन्धी तालिम

न्भेष्टाेपेपर । कात्तिक २१, २०८१

काठमाण्डाैँ । कृषि विकास बैंक लिमिटेडले आफ्ना वरिष्ठ कार्यकारीहरुलाई उच्च प्रभावकारी नेतृत्व र तनाव व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम रामशाहपथ काठमाण्डौं स्थित तालिम हलमा सफलतापूर्वक सम्पन्न गरेको छ ।

यही कार्तिक १२ र १३ गते दुई दिनसम्म संचालित यस प्रशिक्षण कार्यक्रमले बढ्दो प्रतिस्पर्धी बजारमा बैंकको रणनीतिक दृष्टिकोण बनाउन उच्च व्यवस्थापनमा हुनु पर्ने नैतिक नैतृत्व, लचिलोपन र कल्याण जस्त गुणहरुलाई अभिबृद्धि गर्दै कृषि विकास बैंकको समर्पणलाई अझ प्रभावकारी गराएको बैंकले जनाएकाे छ ।

यस विशेष प्रशिक्षणको उद्देश्य बैंकको बरिष्ठ कार्यकारीहरुलाई नैतिक आचरण र नैतिक निष्ठाको उच्चतम स्तरहरु कायम राख्दै उच्च तनावकोे वातावरणमा प्रभावकारी रुपमा कार्य गर्नको लागि आवश्यक सीप सिकाउनु थियो । तनाव व्यवस्थापन र नैतिक निर्णय लिने कार्यलाई केन्द्रीयकरण गर्दै बैंक त्यस्तो नेतृत्व तयार गर्न चाहन्छ जो आफ्नो भूमिका निर्वाह गर्नको लागि मात्र नभई सकारात्मक, पारदर्शी र समाबेशी कार्यस्थल संस्कृति बनाउनको लागि आफ्नो समूहलाई उत्प्रेरित गर्न सकोस् ।

यो कार्यक्रम आर्ट अफ लिभिङ्ग नेपाल संस्थागत कार्यक्रमका निर्देशक निभा प्रधानको नेतृत्व सम्पन्न भएको थियो । बैंकिङ्ग क्षेत्रको गहन पृष्ठभूमि भएका प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रशिक्षक प्रधानले वित्तीय क्षेत्रका अगुवाहरुले भोगेका अद्वितीय चुनौतीहरुको बारेमा गहिरो ज्ञान दिनु भएको थियो । उहाँको समूहमा प्रशिक्षणको गहन पृष्ठभूमि भएका अच्युत राज गौतम र प्रशासनिक सहयोगको लागि शैलेन्द्र हमाल सम्मिलित हुनु हुन्थ्यो ।

“मैले केही बर्ष पहिले आर्ट अफ लिभिङ्गबाट I excel Well-being Program लिएको थिए र मेरो लागि व्यक्तिगत रुपमा फाइदाजनक भएको अनुभव गरे । म साढे १ बर्ष अगाडि यस बैंकमा नियुक्त भएपछि, मैले हाम्रो बैंकमा यो तनाव व्यवस्थापन र नैतिक नेतृव्व कार्यक्रम शुभारम्भ गर्ने इच्छा राखे”, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले भन्नु भयो । उहाँ थप्नु हुन्छ, “कृषि विकास बैंक लि. संस्थाको सफलता आन्तरिक रुपमै नेतृत्वको कल्याण र पेशागत विकाससंग जोडेर एक सहयोगी र नैतिक धरातलीय नेतृत्व वातावरणलाई बढावा दिन प्रतिबद्ध छ । ”

प्रशिक्षणमा सहभागी बैंकका कार्यकारीहरुले यो प्रशिक्षण वैयक्तिक र पेशागत दुबै क्षेत्रमा लाभदायी भएको बताउनु भएकाे थियाे । यस कार्यक्रमले बैंकको वर्तमान प्रवतिबद्धतालाई संस्था डोर्याउन सक्ने रणनीतिक लक्ष्यतर्फ उन्मुख सबल नेतृत्व टोली निर्माण गर्दै कर्मचारीमा लगानी गर्ने एक महत्वपूण पाइलाको रुपमा हेरिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *