नवलपरासीमा विश्वकै अग्लो कृष्ण भगवानको मूर्ति

न्भेष्टाेपेपर ।  चैत्र ११, २०७९

नवलपरासी ।  जिल्लाको सुनवल नगरपालिका वडा नं ४ रमवापुरमा स्थित कृष्णधाममा विश्वकै अग्लो कृष्ण भगवानको मूर्ति स्थापना गरिएको छ । काठमाडाैँबाट पूर्व पश्चिम राजमार्ग हुँदै बुटवल जाँदा करिब २४२ किलोमिटरको दुरी अर्थात् पूर्वपश्चिम राजमार्ग नजिकै दाहिने तर्फ रहेको यो कृष्णधाममा ७१ फिट अग्लो मूर्ति निर्माण गरिएको छ ।

कृष्ण भगवान् २ वर्षकाे उमेरमा चकचके भएर ग्वालाहरुलाई दुख दिँदा, ग्वालाहरूले कृष्ण भगवानलाई डोरीले बाँध्न खोज्दा जति बाँधे पनि कृष्ण भगवान् दामोदर स्वरूप झनझन मोटो हुँदै जाने भएकोले ग्वालाहरूले बाँध्न नसकेर, ती ग्वालाहरूले कृष्ण भगवानको आमा यशोधरालाई बाँध्न भनेका थिए । आमाले कृष्ण भगवानलाई डोरीले बाधेकी थिइन यो कथामा उल्लेख छ । (गाेरखापत्रबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *