दैनिक सन्ध्याकालीन आरतीमा गाइने शिव ताण्डव(भजन) को वारेमा जान्नु होस्।

आज हिन्दु धर्मावलम्वीहरुको महान पर्व शिवरात्री हिन्दुु धर्ममा आस्था राख्ने सवै नेपालीहरुले देशका विभिन्न शिव मन्दिरहरुमा गै पुजा अरचना र नाचगान गरी मनाइ रहेका र यसैक्रममा काठमाडौको वागमती नदी किनारमा रहेको आरध्यदेव श्रीपशुपतिनाथ मन्दिरमा छिमेकी मुलुक भारत लगायत स्वदेशका विभिन्न ठाउबाट आएका हिन्दु धर्मावलम्वीहरुले विहानै देखि लामवद्ध भै आरध्यदेव पशुपतिनाथको दर्शन गरी पाशुपात क्षेत्रमा (विशेष गरी नेपाली महिला दिदी वहिनीहरुले) नाचगान समेत गरी महान शिवरात्री पर्व मनाइ रहेका छन ।

यसै पावन अवसरमा दैनिक सन्ध्याकालीन आरतीमा गाइने शिव ताण्डव(भजन) को वारेमा जान्नु होस्। शिव ताण्डवको भजन दैत्य राज रावणले शिव भगवान लाई प्रसन्न पार्न गरेको स्तुती हो। यो प्रार्थनले शिव भगवानको शक्ती र सुन्दर्ताको बर्णन गरेको छ।

रावणले कैलाशको पर्वत उठाउने क्रममा आफ्नो हात हिमालको फेद मुनी फसे पछी ठुलो गर्जका साथ रुदा तिनै लोक कापेको पनि भनिन्छ। शिव भगवान ले आफ्नो पैतालाको बुढी औंला हिमाल को माथि राख्नु भए पछी हिमाल को भार बढेर रावणले थाम्न नसकेको मानिन्छ।  यसैले आफ्नो पिडाबाट मुक्ती पाउन रावनले भगवान शिव को स्तुती गरेका थिए। रावण  को  तिब्र र एकोहोरो ध्यान बाट शिव भगवान प्रसन्न भएर रावणलाई शक्तीशाली तरबार चन्द्रहास दिएको पनि पौराणिक कथामा उल्लेख छ।

शिव ताणडव स्तोत्रलाई धेरै शक्तिशाली मानिन्छ र पशुपतिको सन्ध्याकालिन आरतीमा भक्तजनहरु यस्लाई एकदमनै उतसाहका साथ भज्ने गर्छन्। शिव ताणडबले बिशेष गरी शिवको न्रीत्यको प्रसंसा गरेको छ।

शिव ताणडबको सानो अंश तल पढ्नुहोस्।

जटा टवी गलज्जल प्रवाह पावितस्थले, गलेऽवलम्ब्य लम्बितां भुजङ्ग तुङ्ग मालिकाम् |
डमड्डमड्डमड्डमन्निनाद वड्डमर्वयं, चकार चण्डताण्डवं तनोतु नः शिवः शिवम् ||१||

जटा कटा हसंभ्रम भ्रमन्निलिम्प निर्झरी, विलो लवी चिवल्लरी विराजमान मूर्धनि |
धगद् धगद् धगज्ज्वलल् ललाट पट्ट पावके किशोर चन्द्र शेखरे रतिः प्रतिक्षणं मम ||२||

धरा धरेन्द्र नंदिनी विलास बन्धु बन्धुरस् फुरद् दिगन्त सन्तति प्रमोद मानमानसे |
कृपा कटाक्ष धोरणी निरुद्ध दुर्धरापदि क्वचिद् दिगम्बरे मनो विनोदमेतु वस्तुनि ||३||

लता भुजङ्ग पिङ्गलस् फुरत्फणा मणिप्रभा कदम्ब कुङ्कुमद्रवप् रलिप्तदिग्व धूमुखे |
मदान्ध सिन्धुरस् फुरत् त्वगुत्तरीयमे दुरे मनो विनोद मद्भुतं बिभर्तु भूतभर्तरि ||४||

सहस्र लोचनप्रभृत्य शेष लेखशेखर प्रसून धूलिधोरणी विधूस राङ्घ्रि पीठभूः |
भुजङ्ग राजमालया निबद्ध जाटजूटक श्रियै चिराय जायतां चकोर बन्धुशेखरः ||५||

 

 

 

 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *