एमसीसी उपाध्यक्ष फातिमा सुमार चारदिने भ्रमण सकेर आज फर्कदै

इन्भेष्टोपेपर । भाद्र २७, २०७

काठमाडौं । नेपालको चारदिने भ्रमण सकेर अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारको टोली आज फकिर्ने भएको छ ।

गत बिहीबार नेपाल आएको एमसीसी टोलीले नेपालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख राजनीतिक दलका नेताहरूसँग भेटघाट गरेको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्षसंग पहिलाे भेटघाट भएकाे थियाे भने त्यसपछि अन्य दलका नेताहरूसंग पनि पालैपालाे भेटघाट भएकाे थियाे ।

सुमार सहितकाे टाेलीले अर्थमन्त्री लगायत अन्य मन्त्रीहरसंग पनि छुट्टाछुट्टै भेटघाट गरेकाे थियाे । टोलीले नेपाल सरकारलाई एमसीसी सहयोग चाहिने नचाहिने टुंगो लगाउन आग्रह गरेको छ ।

सरकारले भने राजनीतिक सहमति जुटाएर सम्झौतालाई कार्यान्वयनमा लैजाने आश्वासन दिएको छ । सडकमा एमसीसीकाे विराधमा चर्काे नारावाजी भैरहेकाे छ भने सत्तारुढ दलभित्रै एसीसीबारे तीव्र मतभेद रहेकाले अमेरिकी टोलीको भ्रमण उपलब्धिबिहिन देखिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *