लगानीकर्ताले वाेर्डमा बुझाए ज्ञापनपत्रः प्यानका विषयमा धितोपत्र बोर्डले निकाल्याे विज्ञप्ति
Investopaper, Jan 28, 2019
शेयर खरिद गर्दा प्यान नम्वरकाे अनिवार्यताले दोस्रो बजारमा प्रभाव पार्ने भन्दै तत्काल कार्यन्वयनमा नल्याउन शुक्रबार लगानीकर्ताहरू र नेपाल स्टक एक्सचेन्ज बिचमा छलफल गरी माइन्युट समेत भएकाे थियाे ।
यतिले मात्र लगानीकर्ताहरू अाश्वस्थ हुन नसकि आइतबार नेपाल धितोपत्र बोर्डमा प्यानका बारेमा छलफल गर्न धितोपत्र बोर्ड पुगे। प्यानले शेयर बजार थप ओरालो लाग्ने भन्दै बोर्डमा लगानीकर्ताले तत्काल अघि नबढाउन आग्रह गरेको तथा लगानीकर्ता संघहरूकाे तर्फवाट संयुक्त ज्ञापनपत्र समेत वुझाएका छन ।
धिताेपत्र बोर्डले लगानीकर्तासहित अर्थमन्त्रालय र नेपाल स्टक एक्सचेन्जका पदाधिकारीहरुलाई बोलाएर छलफल गर्ने सहमति भएको छलफलमा संलग्न लगानीकर्ताका प्रतिनिधिले वताएका छन। प्यानका बारेमा थप छलफल गरेर पाँच वर्षमा मात्रै कार्यान्वयनमा ल्याउन उनीहरुले आग्रह गरेकाे समेत जानकारी गराइएका छन।
अर्काे तर्फ नेपाल धितापत्र बोर्डले अाज विज्ञप्ति प्रकाशित गर्दै भनेको छ, ‘सरकारको चालु आर्थिक वर्षकाको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजनामा उल्लेखित दोस्रो बजारमार्फत शेयर खरिद गर्दा खरिदकर्ताले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्ने सम्बन्धमा गृहकार्य गरिएको हो ।’ तसर्थ सरकारको योजना अनुसार प्यानको काम अघि बढाइएको बताएको छ ।
नेपाल सरकार, अर्थ मन्त्रालयबाट बोर्डलाई निर्देशन प्राप्त भएकोमा यसको संवेदनशीलतालाई दृष्टिगत गरी प्रणालीगत तथा अन्य पूर्व तयारीका लागि नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ्गलाई लेखी पठाइएको थियो । स्थायी लेखा नम्बर सम्बन्धमा सरोकारवाला र बजारका सम्बद्ध पक्षहरुलाई समेत यस सम्बन्धमा छलफल गराई पूर्वाधारको तैयारीको आधारमा प्यानलाई कार्यान्वयनमा ल्याउनु पर्छ भन्नेमा बोर्ड सजग रहेको विज्ञप्तिमा उल्लेख छ ।
बजारको पूर्वाधार, लगानीकर्ताहरुको वित्तीय साक्षरताको अवस्था आदिलाई दृष्टिगत गरी लगानीकर्ताहरुबाट उठाइएका विषयलाई स्थायी लेखा नम्बर लागू गर्ने अधिकारीको रुपमा रहेको आन्तरिक राजस्व विभाग समक्ष यथार्थ स्थितिको जानकारी गराइने बोर्डले जनाएको छ । ‘यस विषयमा भइरहेका नकारात्मक हल्लाको पछि नलागी सुजवुझ तवरले लगानी सम्बन्धी निर्णय लिन हुन बोर्ड आम लगानीकर्ताहरुलाई विशेष अनुरोध गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।
नेपाल धिताेपत्र वाेंर्डकाे विज्ञप्तिः
