एक दर्जन मेडिकल कलेजद्धारा गैरकानुनी रुपमा २ अर्ब ८५ करोड असुली

Investopaper, कार्तिक २६, २०७६ 

काठमाडौं । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजले एमबीबीएस र बीडीएसको पढाइका नाममा २ अर्ब ८५ करोड रुपैयाँ गैरकानुनी रूपमा अतिरिक्त शुल्क असुली गरेको ठहर गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’ मा मेडिकल कलेजहरूले विद्यार्थी र अभिभावकबाट अतिरिक्त शुल्कका नाममा गैरकानुनी रूपमा रकम असुली गरेको उजुरीका आधारमा छानबिन गर्ने क्रममा यस्तो तथ्य पत्ता लागेको हो ।

छानबिनका क्रममा मेडिकल कलेजहरूले प्रतिविद्यार्थी २ लाखदेखि २५ लाख ४१ हजार रुपैयाँसम्म अतिरिक्त शुल्क उठाउने गरेको पाइएको छ ।

उजुरीपछि केन्द्रले समिति बनाएर छानबिन थालेको थियो । यी कलेजले शैक्षिक वर्ष २०१४ देखि २०१८ सम्ममा विभिन्न शीर्षकअन्तर्गत अतिरिक्त शुल्क असुल गरेको केन्द्रको दाबी छ ।

केन्द्रको तथ्यांकमा १२ वटा मेडिकल कलेजले २ अर्ब ८५ करोड १३ लाख १६ हजार २ सय ९७ रुपैयाँ उठाएको उल्लेख छ ।

कुन कलेजले कति उठाए ?

नेसनल मेडिकल कलेज, वीरगन्ज– ३२,५५,९१,५००
युनिभर्सल कलेज अफ मेडिकल साइन्स, भैरहवा –३२,७२,३०,०००
गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल, पोखरा–४३,०४,९०,०००
किस्ट मेडिकल कलेज, ललितपुर– ५,९९,३०,०००
नेपालगन्ज मेडिकल कलेज, नेपालगन्ज– २१,९१,२५,२००
देवदह मेडिकल कलेज, रूपन्देही– ३,८९,९४,०००
लुम्बिनी मेडिकल कलेज, पाल्पा– ३२,९६,८४,०००
मनिपाल कलेज अफ मेडिकल साइन्सेज, फूलबारी–१०,०९,००,०००
विराट मेडिकल कलेज, विराटनगर– १९,०९,३३,२८९
नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगर–३५,४७,४४,११८
काठमाडांै मेडिकल कलेज, सिनामंगल– २७,८१,६५,१९०
कलेज अफ मेडिकल साइन्स, भरतपुर चितवन–१०,६१,५७,०००

यो समाचार आजको राजधानी दैनिकम प्रकाशित छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *