उत्तर कोरियाली राष्ट्रपति किमकाे हिमाल चढ्ने घोडा
Investopaper, असाैज ३०, २०७६
उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनले घोडसवारी गरेर त्यहाँको सर्वोच्च शिखरको आरोहण गरेका छन्। उत्तर कोरियाली सञ्चारमाध्यम केसीएनएका अनुसार नेता किमले हिउँले ढाकिएको पर्वतमा सेतो घोडामा सवार गर्दै गरेको तस्बिरहरु जारी गरेको छ।

किमले माउन्ट पाक्तुमा घोडसवारी गरेको जनाइएको छ। उनी २७ सय ५० मिटर अग्लो माउन्ट पाक्तु पुगेको जनाइएकाे छ। त्यहाँ उनी दोस्राे पटक पुगेकाे जनाइएकाे छ।
माउन्ट पाक्तुलाई उत्तर कोरियाका पूर्व नेता तथा किम जोङ–उनका पिता किम जोङ–इलको जन्मस्थलका रुपमा मान्ने गरिन्छ।
— एजेन्सी