गजलः मान्छे चिन्नु छ
— कुल थापा
चम्किला यी पत्थर वीच हिरा बिन्नु छ
मेरै लागी मरी मेट्ने मान्छे चिन्नु छ ।
आ़़ंशु कत्ति नझार है प्रिय अंगालोमा
भोलि विहान सखारैमा प्रदेश हिड्नु छ ।
सप्तरंगी फूल मिसाई रंगीचंगी माला सरी
दुख… दर्द… पर्गेलेर….. सुख उन्नु छ ।
कोलाहल छ जताततै कुना लागि एकान्तमा
दिल थामेर मायालुको रैवार सुन्नु छ ।
पलपलमा याद आउने सम्झनाको चिनो भनि
जाले रुमाल… उपहारमा दिन बुन्नु छ ।
छत्रकाेट – ३, गुल्मी (हाल) नागार्जुन – १, राधाकृष्णनगर, काठमाण्डाै ।
