भ्रमण वर्ष-२०२० लाई औपचारिक रुपमा स्थगित गर्ने तयारी

इन्भेष्टोपेपर । फागुन २७, २०७६

नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई औपचारिक रुपमा नै स्थगित गर्ने तयारी गरेको छ । कोरोनाभाइरसका कारण भ्रमण वर्षसहित समग्र पर्यटन गतिविधिमा असर पर्न थालेपछि भ्रमण वर्ष स्थगित गरी नयाँ रणनीति तय गर्न लागेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

कोरोनाका कारण विदेशकमा गरिने प्रवद्र्धनात्मक कार्यक्रम रोकेर आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड लिने अल्पकालीन रणनीति तय गरे पनि तत्काललाई यो प्रभावकारी नदेखिएपछि सरकार भ्रमण वर्ष स्थगित गर्न बाध्य बनेको हो ।

मन्त्रालय स्रोतका अनुसार आउने मन्त्रिपरिषद् बैठकबाट यो निर्णय हुन सक्नेछ । भ्रमण वर्ष स्थगित गर्ने तयारीसँगै पर्यटन मन्त्रालयले नेपाल भ्रमण वर्ष सचिवालयलाई अहिलेसम्म सचिवालयबाट भएका हिसाबकिताब १ महिनाभित्र मिलाउन र एक साताभित्रै करारमा रहेका कर्मचारीलाई अवकास दिन पत्राचार गरिसकेको भ्रमण वर्ष सचिवालयले जानकारी दिएको छ । याे समाचार आजको आर्थिक अभियान दैनिक पत्रिकामा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *