स्वावलम्बन लघुवित्तकाे अर्धवार्षिक खुद नाफा १७ करोड १९ लाख

Investopaper, feb 01, 2019

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको तुलनामा भन्दा ८८ लाख ५८ हजार रुपैयाँ अर्थात ५.४३ प्रतिशतले बढी हो। गत वर्षको यहि अवधिमा १६ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो।

लघु वित्तले अाज प्रकाशित गरेकाे प्रगति विवरण अनुसार संचालन मुनाफामा पनि ५.७३ प्रतिशतले वृद्धी भै २६ कराेड ९१ लाख ७६ हजार छ भने गत वर्ष साेही अवधिमा २५ कराेड ४५ लाख ९९ हजार थियाे । कम्पनीले चुक्ता पूँजी ५० करोड ३१ लाख रुपैयाँबाट ६२ करोड ८८ लाख रुपैयाँ पुर्याएको छ।

यसैगरी लघुवित्तको जगेडाकोषमा पनि गत यही अवधिकाे तुलनामा १७.७४ प्रतिशत वृद्धी भै ८७ करोड ४४ लाख रुपैयाँ सञ्चित छ, जुन गत वर्ष ७४ कराेड २६ लाख ४० हजार संचित थियाे ।

पाैष मसान्तसम्म लघुवित्तले ६ अर्ब ५८ करोड निक्षेपमा संकलन तथा ४ अर्ब २० करोड सापटी लिएर ११ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तले ९६ करोड ४९ लाख रुपैयाँ व्याज आम्दानी र ४५ करोड ९६ लाख रुपैयाँ व्याज खर्च गरी ५० करोड ५२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

लघुवित्तका मुख्य मुख्य सूचकांकहरू पनि  सुधाराेन्मुख नै रहेका छन तर गत वर्ष ०.९८ प्रतिशत रहेको खराब कर्जा अनुपात १.०३ प्रतिशतमा पुगेको छ । यस्तै कम्पनीको प्रतिशेयर आम्दानी ५४ रुपैयाँ ६८ पैसा, प्रतिशेयर नेटवर्थ २३९ रुपैयाँ ०४ पैसा, मूल्य आम्दानीको अनुपात १५.४५ गुणा बढी छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *