कृषि विकास बैंक रतुवामाई शाखा कार्यालयकाे उदघाटन
इन्भेष्टोपेपर । आश्विन १२, २०७८
काठमाडौँ । कृषि विकास बैंक लिमिटेड शाखा कार्यालय रतुवामाई सोमबारे मोरङ्गको रतुवामाई नगरपालिका वडा नं. १० नयाँ वजार स्थित नवनिर्मित भवनवाट कारोवारको शुरुवात गर्दै यही असोज १० गतेका दिन एक समारोहकाबीच औपचारिक उदघाटन गरेको छ । बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले रिवन काटेर उदघाटन गर्नु भएकाे हाे ।
उक्त उदघाटन कार्यक्रमलाई बैंक संचालक समितिका अध्यक्ष तथा उदघाटन कार्यक्रमका प्रमुख अतिथि लक्ष्मीप्रपन्न निरौलाले कृषि क्षेत्रको विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी वढन तयार रहेको तथा हाल वित्तिय वजारमा उपलब्ध सम्पुर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरुको उपलब्धता यस बैकसँग रहेकोले सेवा लिनुहुन सम्पुर्णमा आग्रह गर्नुभएकाे थियाे ।
उदघाटन मन्तब्य राख्नुहुदै बैंकका प्रमुख कार्यकारी अधिकृत तथा उदघाटन कार्यक्रमका विशिष्ठ अतिथि अनिल कुमार उपाध्यायले कृषि विकास बैंकको अरुलाई जोडने कृषि लाई नछोडने नीति रहेको कुरा राख्नुहुदै विगतदेखि वर्तमान सम्म आईपुग्दा अत्याधुनिक सेवाहरु प्रदान गर्दै हाल प्रचलनमा रहेका बैंकिङ्ग क्षेत्रका सम्पुर्ण प्रोडक्टहरु, बैंकले उपलब्ध गराउदै आएकोले सेवा गर्ने मौका प्रदान गर्न आग्रह गर्नु भएको थियो ।
सो उदघाटन कार्यक्रमका कृषि विकास बैंकका उपमहाप्रबन्धक दिर्घ बहादुर अर्यालले बैंकले उपलव्ध गराउने सेवा सुविधाका बारेमा प्रकाश पार्दै भालिका दिनमा बैंक टिकाई राख्ने जिम्मा स्थानीय वासिहरुकै हुने भएकोले बैंकका व्यवसाय अभिवृद्धिमा विशेष जोड दिन आग्रह गर्नुभयो ।
सोमबारे बजार व्यवस्थापन समितिका पदाधिाकारी, स्थानीय जनप्रतिनिधी, स्थानीय बासीहरुले बैंकका व्यवसाय अभिवृद्धिमा आवश्यक सहयोग गर्ने र बैंक शाखाको पुनःस्थापना भएकोमा बैंक परिवार र स्थापनाका लागि पहल गर्नु हुने सबैंलाई हार्दिक धन्यवाद समेत दिनु भयो ।
उदघाटन कार्यक्रमकाे अध्यक्षता गर्नुभएका प्रदेश कार्यालय १ का प्रदेश प्रमुख नवराज न्यौपानेले बैंकले उपलव्ध गराउने सेवा/सुविधाका बारेमा प्रकाश पार्दै उक्त सेवा सुविधाको उपभोग गर्नु हुन आम स्थानीयबासीहरुलाई हार्दिक आग्रह गर्नुभयो ।
उदघाटन कार्यक्रममा बैंकका प्रबक्ता हिमलाल पौडेल, कृषि विकास बैंकका कर्मचारीहरु लगायत अन्य स्थानीय जनसमुदायकाे पनि उपस्थित रहेको थियो ।
