तेह्रथुम पावर कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग नियुक्त

न्भेष्टाेपेपर । साउन १३, २०८०

काठमाण्डौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले शेयरधनीहरुलाई १ः१ को अनुपातमा निकट भविष्यमा जारी गर्न लागिएको हकप्रद निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ ।

सम्झौतापत्रमा तेह्रथुम पावर कम्पनी लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक मोहन कुमार डाँगी र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीबीच हस्ताक्षर सम्पन्न गरियो ।

तेह्रथुम पावर कम्पनी लिमिटेड कम्पनी ऐन २०६३ अन्तर्गत बि.सं. २०६६ स्थापना भई बि.सं २०७५ असारमा प्राईभेट कम्पनीबाट पब्लिक लिमिटेड कम्पनी भएको हो । ७.५ मेगावाट विद्युत उत्पादन क्षमताको यस कम्पनीको विद्युत खरिद सम्बन्धि सम्झौता २०७३ साल कार्तिक महिनामा नेपाल विद्युत प्राधिकरणसंग भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *