हकप्रद निष्काशनमा नबिकेको शेयर लिलामी गर्दा अब देशका १४ शहरबाट आवेदन लिन बाेर्डकाे निर्देशन

काठमाडौं।  नेपाल धितोपत्र बोर्डले कम्पनीहरुको हकप्रद शेयर लिलामी अब प्रादेशिक रुपमा समेत गर्न मर्चेन्ट बैंकरहरुलाई  निर्देशन गरेको छ । इच्छुक लगानीकर्ताहरूले अब प्रदेशका उल्लेखित शहरबाट आवेदन दिन पाउने भएका छन् ।

धितोपत्रको हकप्रद निष्काशन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमैत्री बनाउन हकप्रद निष्काशनपछि विक्री नभएको शेयरको लिलाम प्रक्रियामा काठमाण्डौ उपत्यका वाहिरबाट पनि अवेदन संकलन गर्नका लागी सम्वन्धित निकायहरूलार्इ परीपत्र गरिएका बोर्डले जनाएको छ।

थप स्थानहरुबाट आवेदन दिन पाउने व्यवस्थाले हकप्रद निष्काशन पश्चात बिक्री नभएको हकप्रद शेयर लिलाम प्रक्रियामा लगानीकर्ताले सहज तथा सरल ढङ्गले आवेदन दिन सक्ने तथा धितोपत्र बजारको क्षेत्र अझ विस्तार भइ देशव्यापी हुने बोर्डको अपेक्षा छ ।

यसअघि बोर्डले २०७४ कार्तिक १२ गते आश्वा सदस्य तथा मर्चेन्ट बैंकहरुलाई निर्देशन जारी गर्दै आश्वा प्रणाली मार्फत हकप्रदमा आवेदन दिने व्यवस्था लागू गर्न र उपत्यका बाहिरका प्रमुख ७ शहरहरु ताकेकामा यस पटक अन्य ७ शहर थप गरी १४ पुर्यार्इएका छ ।

आवेदन लिन तेकिएका उपत्यका बाहिरका १४ शहरहरू –

प्रदेश नं १ – विराटनगर र विर्तामोड
प्रदेश नं २ – विरगंज र जनकपुर
प्रदेश नं ३ – हेटौंडा र नारायणगढ
प्रदेश नं ४  (गण्डकी प्रदेश) –  पोखरा र वाग्लुङ
प्रदेश नं ५ – वुटवल, घोराही र नेपालगञ्ज
प्रदेश नं ६ (कर्णाली प्रदेश) – सुर्खेत
प्रदेश नं ७ (सुदुरपश्चिम प्रदेश) – धनगढी र महेन्द्रनगर

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *