चीनले किन गर्दैछ सांङ्ला पालन ? के हुनसक्ला साङ्लाकाे फौज पाल्नुकाे रणनीति ?

इन्भेष्टाेपेपर ।  मङ्सिर ७, २०७७

हामीलाई साङ्लाे गलत हो यसलाई कसरी मार्नुपर्दछ भन्ने कुरा मात्रैं जानकारी छ । तर चिनियाँहरु भने यस जीवलाई अरबौंको संख्यामा पालेर राख्छन । चीनको शेडोंग शहरमा यस्तो दृश्य देख्न पाईन्छ जहाँ अरबौंको संख्यामा यो जीवलाई पालेर राखिएको छ । उक्त शहरमा हरेक दिन स्वादिष्ट खानेकुरा खान दिएर अरबौं साङ्लाहरुलाई पालिएको छ ।

यीनीहरुले खाने भोजन को तौंल ५० टन छ, जो सात वयस्क हाती को तौंलको बराबर हो । सामान्यतया साङ्लोलाई फाेहरी र शत्रु मानेर जसरी हुन्छ नियन्त्रण गर्ने प्रयास हुन्छ । तर, चीनले साङ्ला पालेर औंषधि प्रयाेजनकाे लागि बिक्री गरेर अरबाै रूपैयाँ कमाइ गरिरहेकाे छ । यी साङ्लाहरु विशेष रणनीति अन्तर्गत पालिएका हुन । यो भनिएको छ कि यसरी साङ्ला पाल्नाले उक्त शहरमा भएको सम्पुर्ण फोहोर ब्यवस्थापन गर्न सहजता हुन्छ । मानिसहरुले खाना खाएपछि छोडेको खाना ति साङ्लाहरुलाई दिइन्छ ।

चीनमा अहिले यसको व्यवसायिक रुपमा पालन गर्न थालिएको छ । चीनमा साङ्लाका सयाैँ फार्महरू खाेलिएका छन र याे क्रम बढदाे छ । चीनको शेडोंग शहरमा अरबौंको संख्यामा रहेका साङ्लाहरु हेर्न सकिन्छ। यस शहरमा खानाको मात्रा यति धेरै छ कि यसलाई व्यवस्थापन गर्न धेरै गाह्रो छ । त्यत्तिकैं खेर गइरहेको झण्डैं २५ हजार टन खानाकाे फोहोर व्यवस्थापन गर्न चुनौंतिपुर्ण कार्य हो ।

यसका लागि चीनले ठूलो मात्रामा साङ्लाहरु उत्पादन गरिरहेको छ, जसले त्यो बचेको खाना व्यवस्थापन गर्न मद्धत गर्दछन । यतिमात्रै हैन कि साङ्लाहरुको धुलाेबाट विभिन्न औंषधि अनि सौंन्दर्य प्रसाधनका उत्पादनहरु बनाउँन प्रयोग हुन्छ । पेटकाे औंषधि , गेष्टिककाे औंषधि र लागूपदार्थबाट छुटकारा पाउने औंषधि बनाउन सकिने बताइएकाे छ । उक्त शहरमा जब सन्ध्या हुन्छ उनीहरूको आवाज केही समयमा नैं गुञ्जन थाल्छ । यसरी समधुर आवाज आउने हुनाले शहरको सौंन्दर्यतामा पनि वृद्धि भएको जनाइएको छ ।

हरेक दिन बिहान शहरभरिको बचेको खाना श शानडोंग क्याबिन एग्रीकल्चर टेक्नोलोजी को प्लान्टमा ल्याइन्छ । साङ्लाहरु आफ्नो आहारको प्रतिक्षामा हुन्छन उनिहरुलाई पाइपको माध्यमबाट खाना दिइन्छ । भोकाएका उनिहरु केही मिनेटमा नैं सबैं खाना खत्तम गर्न सक्षम हुन्छन । (एजेन्सी)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *