धिताेपत्र वाेर्डकाे निर्देशनः न्यूनतम ५० कित्ता हैन १० कित्ता शेयर आवेदन गर्न पाउने व्यवस्था लागू गर

Investopaper, चैत्र २७, २०७५

नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा न्यूनतम ५० कित्ताकाे सट्टा १० कित्ता शेयर आवेदनकाे सिमा राख्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । बोर्डले यस व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित सबै निष्काशन तथा विक्री प्रबन्धक मर्चेन्ट बैंकरहरुलाई निर्देशन समेत दिएको छ ।

यसअघि सार्वजनिक निष्काशनमा कम्तिमा ५० कित्ता आवेदन गनुपर्ने व्यवस्था रहेको थियो । यसलाई परिवर्तन गरी बोर्डले न्यूनतम १० कित्ता शेयर आवेदन गर्न पाउने व्यवस्था गरेको हो ।

याे व्यवस्थाले देशैभरी रहेका साना लगानीकर्तालाइ प्राेत्साहित गरि शेयर वजारकाे बिकास र बिस्तार गर्ने तथा पहुंच बढने वाेर्डले जनाएकाे छ । उपलब्ध भएसम्म सबै आवेदकहरुले १० कित्ता शेयर पाउने समावेशी वितरण प्रणाली र आश्वा व्यवस्था २०७३ साल देखि नै लागु गरिएकाे थियाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *