सम्पन्न खानदानका भनेर जहाँ मोटी महिलालाई रुचाईन्छ !

इन्भेष्टाेपेपर ।  भाद्र १८, २०७९

बारूले कम्मर, मिलेका दाँत, सुलुत्तकाे शरीरलाई सुन्दरताकाे प्रतिरूप मानिन्छ । महिलाहरू पनि आफू सुन्दर देखिन कम खाना खाने अर्थात ‘डाइटिङ’ गर्छन् ।

विवाहका लागि कुनै केटीको कल्पना गर्दा पक्कै पनि जिउडाल मिलेको सुन्दर युवतीको तस्विर अगाडि आउँछ । यसर्थ माेटी अर्थात भद्दा जिउडालकी महिलाहरू जाेकाेही पुरुषहरूकाे पहिलाे राेजाईमा पर्दैनन ।

तर मार्टेनियामा सुन्दरताको परिभाषा फरक छ । यहाँ मोटाघाटा महिला सुन्दर मानिन्छन् । विवाहका लागि पनि मोटीलाई नै रुचाईन्छ ।

अफ्रिकाको उत्तर पश्चिमी मुलुक मार्टेनियामा विवाहका लागि मोटी केटी पाउनुलाई भाग्यको रुपमा लिइन्छ । यसले विविह पछि सम्पन्नता ल्याउने विश्वास समेत गरिन्छ । त्यसैले यहाँका महिलालाई मोटाउन दवाव दिइन्छ ।

जव बालिका आठ, नौ वर्षका हुन्छन्, उनीहरुलाई विवाह योग्य बनाउन आवश्यक भन्दा धेरै खुवाउने गरिन्छ । यदि खान नमानेमा कुटेर भए पनि खुवाइन्छ । यहाँ महिला जति धेरै मोटी हुन्छन्, त्यति नै सुन्दर मानिन्छ । एघारौं शताब्दीदेखि सुरु भएको यो मान्यता अहिले पनि कायम छ ।

महिला मोटो हुनुले उनीहरु सम्पन्न खानदानमा गनिन्छन् । यो मान्यताले लोकप्रियता पाएको मार्टेनियामा विवाहका लागि पनि केवल मोटी केटीलाई नै मन पराईन्छ । केटीहरूलाई खुवाएर बेलुन फुल्याएसरी टन्न बनाइन्छ । यसक्रममा महिलालाई १६ हजार क्यालोरी खुवाईन्छ ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *