पठाओले ग्राहक र राईडरहरुकाे बीमा सुविधा प्रदान गर्ने

इन्भेष्टाेपेपर । माघ १०, २०७७

पठाओ नेपाल प्रा.लि., राईड शेयरिंग तथा फुड डेलिभरी एपले ग्राहकहरु र राईडर/चालकहरुलाई बीमा सुविधा प्रदान गर्न एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.संग पौष ८, २०७७ मा साझेदारी पत्रमा हस्ताक्षर गरेको छ ।

उक्त साझेदारी अन्तर्गत राईडको दौरान कुनै पनि ग्राहक तथा राईडर/चालकहरुको दुर्घटनाका कारणले हुने मृत्यु, अपाङ्गता जस्तो अवस्थामा बढीमा रु ५ लाखसम्मको बीमा रकम प्राप्त गर्नेछन् ।

यसको साथै कुनै पनि ग्राहक तथा राईडर/चालक साथीहरुले रु १ लाख सम्मको दुर्घटना उपचार बीमा पनि पाउँनेछन् । यी दुवै सेवाहरु उपयोग गर्नका लागि सम्बन्धित व्यक्तिले दुर्घटना भए पश्चात ३० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएको कागजातहरु सहित निवेदन गर्नु पर्दछ । पठाओ एप प्रयोग गर्ने कुनै पनि ग्राहक तथा राईडर/चालक साथीहरुले यो सुविधा लिन सक्नेछन् ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीसंग साझेदारी पत्रमा हस्ताक्षर पश्च्यात ग्राहकहरु तथा राईडर / चालकहरु विस्वस्त हुन सक्ने क्षेत्रिय निर्देशक असिममान सिंह बस्न्यातले बताउनु भएकाे छ । सन् २०१८ सेप्टेम्बर २५ देखि आफ्नो सेवा शुरू गरेकाे पठाओले हालसम्म ७५००० भन्दा बढी राईडरहरुलाई ट्रेनिंग दिइसकेका र १३ लाखभन्दा बढी ग्राहकहरुले पठाओ एप डाउनलोड गरिसकेका समेत जानकारी गराउनु भयाे ।

पठाओको दुई पाङ्ग्रे र चार पाङ्ग्रे राईड सेयरिंग सेवा छ र यसले हालै फुड डेलिभरी सेवा पनि शुरु गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *